Saturday, May 27, 2017  |    

मुलुकलाई अस्थिरतातर्फ नलैजाउ :एमाले

प्रकाशित मिति: 2016/05/04

वैशाख २२, काठमाण्डौ । सत्तारुढ नेकपा एमालेले मुलुकलाई अस्थिरतातर्फ धकेल्ने काम नगर्न सबैलाई आग्रह गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टीको स्थायी समिति बैठकले यस्तो आह्वान गरेको हो ।

सत्ताघटक एमाओवादी सरकार परिवर्तनको तयारीमा जुटिरहेका बेला यसकै समीक्षा गर्न बसेको बैठकले सिमाकंन लगायतका विषयमा राष्ट्रिय सहमति आवश्यक भएका बेला सबैलाई एकजुट हुन पनि आग्रह गरेको छ । ‘१२ बुँदेदेखि १६ बुँदे हुँदै हालसम्म राष्ट्रिय सहमतिको पक्षमा काम गरेको भन्दै एमालेले यसैमा कायम रहन बैठकले आह्वान समेत गरेको छ ।

 

तपाईंको बिचार