Friday, May 26, 2017  |    

दाहालले ओलीलाई सुनाए सरकार फेर्ने आफ्नो पार्टीको निर्णय

प्रकाशित मिति: 2016/05/04

वैशाख २२, काठमाण्डौ । आफ्नै नेतृत्वमा सरकार निर्माण गर्ने पार्टीको निर्णय प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाउन एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल आज बिहान बालुवाटार पुगेका छन् ।
बिहान करिब १० बजेतिर प्रधानमन्त्री निवास बालुवाटार पुगेका दाहालले ओलीलाई पार्टीको निर्णय जानकारी गराएर फर्किएको दाहाल स्रोतले जनाएको छ । बालुवाटारमा आजै एमालेको स्थायी समिति बैठक समेत थियो । ओलीलाई पार्टीको निर्णय बुझाएर दाहाल फर्किएपछि प्रधानमन्त्री ओली अहिले नयाँ बानेश्वर स्थित संसद भवनमा आइपुगेका छन् । यसैबिच आजै बिहान बसेको एमाले स्थायी समिति बैठकले मुलुकलाई अस्थिरता तर्फ धकेल्ने काम नगर्न अपिल गरेको छ । 


 
 

तपाईंको बिचार