Saturday, March 25, 2017  |    

प्रचण्डलाई पदलोलुपता नबन्न कमल थापाको सुझाव/सरकार फेर्ने निर्णय अनुपयुक्त भएको भनाइ

प्रकाशित मिति: 2016/05/04

२२ वैशाख, हेटौडा । सत्ता साझेदार राप्रपा नेपालका अध्यक्ष एवं उपप्रधानमन्त्री कमल थापाले एमाओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार गठन गर्ने योजना अनपयुक्त भएको बताएका छन । उपप्रधानमन्त्री थापाले एमाओवादी अध्यक्ष प्रचण्डलाई सरकार फेर्ने आफ्नो निर्णयमा पुनर्विचार गर्न आग्रह गरेका छन् । थापाले पदको लोभमा परेर राष्ट्रिय स्वाधीनता र सार्वभौमिकतामाथि आँच आउने काम नगर्न सुझाव समेत दिएका छन । 

गृह जिल्ला हेटौडांमा रहेका मन्त्री थापाले  प्रचण्डको नेतृत्वमा सरकार बनाउने एमाओवादीको अपीललाई ‘अप्रत्याशित एवं अनुपयुक्त’ भएको बताए । पदको लोभमा परेर राष्ट्रिय स्वाधीनतामा आँच आउने काम गर्नुहुँदैन भन्दै मन्त्री थापाले राजनीतिक स्थायित्व शान्ति र आर्थिक सम्वृद्धिको दिशामा अघि बढ्नुपर्ने बताए । सत्ताको यस्तो फोहोरी खेलले राजनीतिक अस्थिरता निम्तिने भन्दै थापाले एमाओवादीलाई आफ्नो निर्णयमा पुनर्विचार गर्न आग्रह गरे ।

सरकारका संलग्न सहयात्री दलहरु एकै ठाउँमा रहनुपर्ने भन्दै मन्त्री थापाले राष्ट्रवादी शक्तिलाई समेत एकै ठाउँमा ल्याउन भूमिका खेलेका प्रचण्डले निर्णय सच्याउनुपर्नेमा जोड दिए ।

  

तपाईंको बिचार