Wednesday, March 29, 2017  |    

ओली सरकार ढाल्न कांग्रेसले किन लियो मधेशीको साथ ?

प्रकाशित मिति: 2016/05/04

वैशाख २२, काठमाडौं । नेपाली कांग्रेस र मधेशबादी दल बिच सरकार ढाल्ने बिषयमा औपचारीक छलफल भएको छ । छलफलमा दुवै पक्ष केपी ओली नेतृत्वको सरकार तत्कालै ढाल्नुपर्नेमा एक मत भएका छन् । 

बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, कोषाध्यक्ष सितादेवी यादवका साथै मोर्चाका तर्फबाट तमलोपा अध्यक्ष महन्थ ठाकुर, संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, सदभावना अध्यक्ष राजेन्द्र महतोलगायत सहभागी थिए । वार्तामा सहभागी कांग्रेस नेताका  अनुसार दुवै पक्षका नेताहरुले वर्तमान सरकार चौतर्फीरुपमा असफल भएको भन्दै तीव्र आलोचना गरेका छन् । यो सरकार ढालेर नयाँ गठन गर्नुपर्नेमा सहमति भए पनि नयाँ सरकार कसको नेतृत्वमा बनाउने भन्ने टुंगो नलागेको ति नेताले बताए । मधेशी नेताहरुले भने बर्तमान ओलीको नेतृत्व बाहेक जो कसैको नेतृत्व स्वीकार गर्ने बताएका छन । 

तपाईंको बिचार