Friday, March 24, 2017  |    

एमाओवादीका मन्त्रीहरु नआएपछि मन्त्रीपरिषद् बैठक स्थगित

प्रकाशित मिति: 2016/05/05


बैशाख २३ , काठमाडौं । एकीकृत नेकपा माओवादीका मन्त्रीहरु अनुपस्थित भएपछि बिहीबारको मन्त्रिपरिषद बैठक स्थगित भएको छ । विहिबार बिहानका लागि बोलाइएको मन्त्रीपरिषद्को नियमिति बैठकमा एमाओवादीका मन्त्रीहरु उपस्थित नभएपछि प्रधानमन्त्रीले बैठक स्थगित गर्नुभएको हो ।
बैठकमा सहभागि हुन प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबार पुगेका अन्य मन्त्रीहरुलाई प्रधानमन्त्रीले बेलुकी ६ बजे आउन भन्नुभएको छ । एमाओवादी बुद्यबार देखि आफ्नै पार्टी अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा सहमति सरकार बनाउने कसरतमा लागेको छ ।

 

तपाईंको बिचार