Thursday, March 30, 2017  |    

सरकारको नेतृत्व छोड्नुपर्ने कारण के ?/राष्ट्रिय सहमति र प्रतिपक्षको बहश एकै स्थानमा मिल्दैन

प्रकाशित मिति: 2016/05/05

वैशाख २३ , काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बर्तमान स्थितीमा सरकार परिवर्तनको बहश उपयुक्त नभएको बताउनुभएको छ । देशको सार्वभौमिकताको बहश गर्ने दलहरुले बर्तमान स्थिीतीको मुल्यांकन गरी अघि बढ्न समेत उहाँले आग्रह गर्नुभयो । 
सरकार परिवर्तनको बहस चलिरहेका बेला आज ब्यवस्थापिका संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले षडयन्त्र र धोकाको राजनीतिबाट राष्ट्रिय सहमति नहुने बताउनुभयो । इमान्दारीताको जगमा राष्ट्रिय सहमति हुनुपर्ने भन्दै उहाँले त्यसका लागि आफू सधैं तयार रहेको प्रष्ट पार्नुभयो । तर, संसदले छोड नभनेसम्म सरकार नछोड्ने उहाँले बताउनुभयो ।
राष्ट्रिय सहमति औचित्य र देशको हितको आधारमा हुनुपर्ने  उहाँको भनाइ थियो । ‘सहमतिको सरकार बनाऔं भन्दा भन्दै आफ्नो घाँटी सुकीसकेको भन्दै ओलीले सम्बोधनका क्रममा समेत पानी पिउँदै भन्नुभयो  ‘लोकतान्त्रिक विधिले संसदीय अभ्यासभन्दा बढी कुरा संविधान कार्यान्वयन हो, जनताको अपेक्षा पूरा गर्ने कुरा हो । पुनर्निर्माण ठूलो कुरा हो । त्यसका लागि सहमति आवश्यक छ ।’ अर्कोतर्फ राष्ट्रिय सहमतिको कुरा गरेर नथाक्नेहरुले प्रतिपक्षको भुमिका भुल्न नहुने भन्दै राष्ट्रिय सहमतिको कुरा र प्रतिपक्षि भुमिका एकै ठाँउमा हुन नसक्ने समेत बताउनुभयो ।
यस्तै प्रधानमन्त्री ओलीले देशमा अस्थीरता ल्याउने र शान्ति सुव्यवस्था खलबलाउने प्रयास भइरहेको बताउनुभयो । अहिलेको सरकार हटाउनु पर्ने वास्तविक कारण नभएको उहाँले दाबी गर्नुभयो । राष्ट्रिय सहमतिको सरकार गठन आवश्यक रहेको भनेर बोल्दा बिचार र्पुयाउन पनि उहाँले सुझाव दिनुभयो । आफुहरुले बोलिरहेको कुरा जनताले देखिरहेका भन्दै प्रधानमन्त्री ओलीले जनताले सहि गलत कुरा के हो भनेर छुट्याउँछन् भन्ने कुरा हेक्का राखेर बोल्न आग्रह समेत गर्नुभयो । 
भूकम्पपछिको पुनर्निर्माण, आर्थिक उन्नती र जनतालाई राहत दिने विषयमा दलहरुबीच राष्ट्रिय सहमति हुनुपर्ने ओलीको जोड थियो । देशमा राजनीतिक अस्थीरता ल्याउने षड्यन्त्रअनुसार राष्ट्रिय सहमतिको कुरा गर्न नहुने उहाँको भनाइ छ ।
देशमा विद्यमान समस्याको समाधानका निम्ति खुलस्त छलफलमा आउन प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित सबै दलहरुलाई आग्रहसमेत गर्नुभयो ।
संविधान पुनर्लेखन हुदैन ।
प्रधानमन्त्री ओलीले संविधान पुनर्लेखन नहुने स्पष्ट पार्नुभएको छ । आन्दोलनरत मधेस केन्द्रित दलहरुले संविधान अस्वीकार गर्ने घोषणा गरिरहेका बेला प्रधानमन्त्री ओलीले आवश्यक परेका बेला संशोधन गर्न सकिने तर पुनर्लेखन हुनै नसक्ने प्रष्ट पार्नुभयो । ‘सानासाना कुरामा कसैले पनि राजनीति गर्न नहुने उहाँको भनाइ छ ।

 

तपाईंको बिचार