Wednesday, August 23, 2017

एमाले र एमाओवादीवीच भएको सरकार जोगाउने सहमति

प्रकाशित मिति: 2016/05/06

वैशाख२४ , काठमाडौं । सत्ता साझेदार दल एमाले र एमाओवादीवीच विहीबार राति ९ बुँदे सहमति भएको छ । यसै सहमतिले सरकार ढल्नबाट जोगिएको हो । 

एमालेका तर्फबाट अध्यक्ष केपी ओली र एमाओवादीका तर्फबाट अध्यक्ष प्रचण्डद्वारा हस्तारित सहमतिपत्र विहीबार राति पौने ११ बजे एमाले उपाध्यक्ष भीम रावलले वाचन गरेर सुनाए ।

दुई दलवीच भएको ९ बुँदे सहमति यस्तो छ
सरकारमा सहभागी नेकपा एमाले  र एनेकपा माओवादीवीच ९ बुँदे सहमति भएको छ । यो ९ बुँदे सहमति संयुक्त सरकार गठन गर्दाका बखत भएका सहमतिहरुलाई कार्यान्वयन गर्र्ने र समझदारीमा वृद्धि गरेर राष्ट्रका समस्त समस्याहरुलाई एकतावद्ध भएर समाधान गर्नका निम्ति यी सहमतिहरु गरिएका छन् । 

१ संविधानको कार्यान्वयन र सामाजिक आर्थिक रुपान्तरणका निम्ति अनूकुल वातावरण सिर्जना गर्नको लागि राष्ट्रिय सहमतिका लागि पहल गर्ने । संविधान कार्यान्वयनका लागि आवश्यक नीतिगत तथा संरचनागत कार्य प्रभावकारी रुपमा अगाडि बढाउने ।
२. संंघीयता लगायतका विषयमा तराई मधेस केन्द्रितसमेतका राजनीतिक दलहरुले उठाएका विषयलाई राजनीतिक सहमतिका आधारमा टुंगो लगाउने ।
३. विस्तृत शान्ति सम्झौताको मर्मअनुरुप संक्रमणकालीन न्याय सम्बन्धी कार्य गर्न ठोस कार्यतालिकासहित १५ दिन भित्र कानुन संशोधन लगायतका प्रकिया अगाडि बढाउने ।
४. सहीद तथा वेपत्ता परिवारलाई यसअघिका मन्त्रिपरिषदले गरेका निर्णय अनुरुप राहत प्रदान गर्ने ।
५. द्वन्द्वकालमा घरासयी कागजका आधारमा खरीद विक्री गरिएका जग्गाको स्वामित्वलाई निश्चित प्रमाणका आधारमा रजिष्ट्रेशन गर्ने ।
६. सशस्त्र द्वन्द्व तथा जनआन्दोलनका बेला घाइते भएकाहरुको उपचार, संरक्षण र जिविकोपार्जनका लागि उचित व्यवस्था गर्ने । वर्गाीकरण गरिएका घाइतेहरुको उपचारका लागि लागि गरिएको व्यवस्थामा आवश्यक वृद्धि गर्ने
७. सशस्त्र द्वन्द्वकाल र विभिन्न समयमा राजनीतिक कारणले लगाइएका मुद्दाहरु फिर्ता, माफी मिनाहाको प्रक्रिया अविलम्ब अगाडि बढाउने ।
८. राजनीतिक वा प्रशासनिक नियुक्ति, सरकारका महत्वपू्रर्ण निर्णय लगायत सरकार सञ्चालनका सम्बन्धित महत्वपूर्ण निर्णयहरु गर्दा राजनीतिक दलका प्रमुख नेताहरुका वीचमा सम्वाद र सहमति कायम गर्ने । यसअगाडि भएका सहमतिहरु तत्काल कार्यान्वयन गर्ने ।
९.भूकम्पपछिको पुनर्निर्माण कार्यलाई द्रुत गतिमा अगाडि बढाउने । त्यसका लागि स्वयंसेवक परिचालनसहितको राष्ट्रिय अभियान सञ्चालन गर्ने ।ढ)उयष्लतक)कतबतझभलत)ग्ःी७ग्ऋएल्ः
२०७३ वैशाख २३ गते १९स्५५ मा प्रकाशित (२०७३ वैशाख २४ गते

तपाईंको बिचार