Wednesday, July 26, 2017  |    

मधेशी मोर्चाद्धारा ब्यवस्थापिका संसद बैठक बहिस्कार

प्रकाशित मिति: 2016/05/06

वैशाख २४, काठमाण्डौ । आन्दोलनरत मधेशी मोर्चाले आफुहरुको माग वेवास्ता गरेको भन्दै  व्यवस्थापिका–संसदको आजको बैठक बहिष्कार गरेको छ । बैठकको प्रारम्भमै समय माग गरी संयुक्त गठबन्धनका तर्फबाट सांसद अशोक राईले सरकारले आदोलनरत मधेसी मोर्चाले उठाएको मागलाई बेवास्ता गरेको आरोप लगाउँदै आजको बैठक बहिस्कार गरेको घोषणा गरे । 
नेपालको संविधान अन्तरिम संविधानभन्दा पनि विभेद्कारी रहेकाले जस्ताको तस्तै कार्यान्वयन नगरी पुनःलेखन हुनुपर्ने बताउँदै उनले विगतदेखिको माग पूरा गर्न दोस्रो चरणको आन्दोलन प्रारम्भ भइसकेको र यो आन्दोलन राष्ट्रव्यापी हुने पनि उल्लेख गरे । मधेस आन्दोलनका क्रममा ज्यान गुमाएका नागरिकलाई सहिद घोषणा गरिनुपर्ने, बिरामीको उपचार गरिनुपर्ने, विगतका घटनाको छानबिन गरी झुटा मुद्दा फिर्ता हुनुपर्नेजस्ता मागप्रति सरकारले बेवास्ता गरेको र सार्थक वार्ता गरी निकास निकाल्न अनिच्छुक भएको उनले आरोप लगाए । सांसद राईले भूकम्प प्रभावित क्षेत्रमा पुनःनिर्माणको काम सन्तोषजनक नभएको र भ्रष्टाचार मौलाएको आरोप पनि लगाए ।

 

  

तपाईंको बिचार