Monday, August 21, 2017  |    

राष्ट्रपतिको भारत भ्रमण रोकियो

प्रकाशित मिति: 2016/05/06

वैशाख २४, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण  रोकिएको छ। वैशाख २७ गतेदेखि राष्ट्रपतिको औपचारिक भारत भ्रमणका लागि परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयले तयारी गरेको थियो। तर, मन्त्रिपरिषद् बैठकले अनुमोदन नगरेको कारण दर्शाउँदै भ्रमण रोकिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

नेपालको परराष्ट्र मन्त्रालय र भारतको विदेश मन्त्रालयले सो भ्रमणका लागि केही दिनदेखि तयारी तीब्र पारेका थिए। यसअघि राष्ट्रपति भण्डारीको भारतीय समकक्षी प्रणव मुखर्जी, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायतका शीर्ष राजनीतिक नेताहरुसँग भेट गर्ने र थप केही कार्यक्रममा भाग लिने राष्ट्रपति कार्यालयले जनाएको थियो।

राष्ट्रपतिले भारत भ्रमणबारे पत्रकारमाझ आफ्ना धारणा समेत सार्वजनिक गर्दै भारत भ्रमणले आपसी सम्बन्ध थप सुधार हुने बताइएकी थिइन्।

 

 

तपाईंको बिचार