Sunday, April 30, 2017  |    

ओली सरकार ढाल्ने देउवाको अर्को योजना

प्रकाशित मिति: 2016/05/07

वैशाख,२५ काठमाडौं– नेपालको राष्ट्रिय राजनीतिलाई उथलपुथल पार्ने आफ्नो पहिलो मिसन फेल भएपछि काँग्रेस सभापति शेरबहादुर देउवाले ओली सरकार ढाल्ने दोस्रो योजना पनि तयार पारेका छन् ।
काँग्रेस नेता बिमलेन्द्र निधिले शुक्रवार काठमाडौंमा काँग्रेस निकट सीमित पत्रकारसँग गरेको कुराकानीमा यस्तो खुलासा गरेका हुन् । प्लान ‘ए’ अनुसार काम नभएपनि देउवा प्लान ‘वि’ मा प्रवेश गरेका हुन् ।

नेता निधिका अनुसार देउवाले ओली सरकारले बजेट ल्याएलगत्तै नयाँ सरकारको लागि औपचारिक पहल गर्नेछन् । ‘राजनीतिमा सधै सफल भइन्छ भन्ने होइन । पहिलो अस्त्र असफल भएको हो । आन्तरिक तयारी तिव्र छ । अव विकल्प खोजेर बजेट ल्याउने गरि सरकार बनाउन सकिन्नँ । बजट आएकै अर्को्दिनबाट ओलीको विकल्पको गृहकार्य शुरु हुन्छ ।’ निधिले पत्रकारवीच भनेका थिए । देउवाले यसका लागि अहिलेदेखि नै आफ्ना नजिकका नेताहरुलाई तयारीमा लाग्न निर्देशन दिएको स्रोतको भनाई छ  

उता एमाले र माओवादीबीच बैशाख २३ मा भएको ९ बुँदे सहमतिमा पनि बजेटपछि राष्ट्रिय सहमतिको सरकारको पहल थाल्ने उल्लेख छ । उनीहरुले सहमतिको पहिलो बुँदामै ‘संविधानको कार्यन्वयन र सामाजिक–आर्थिक रुपान्तरणका लागि अनुकूल वातवरण सिर्जना गर्ने उदेश्यका साथ राष्ट्रिय सहमतिको सरकार बनाउन पहल गर्ने ।’ उल्लेख गरेका छन् ।

यो सहमति अनुसार एमालेले काम अगाडि नबढाए यसैको जगमा माओवादीले विकल्प खोज्न सम्भावना रहनेछ । यस्तो बेला एमाले–माओवादी समीकरण भत्केर काँग्रेस–माओवादी समीकरण बन्न सक्ने स्रोतहरु बताउँछन् । ‘काग्रेस नयाँ समीकरणका लागि पहल गर्छ ।’ काँग्रेसका एक केन्द्रीय सदस्यले भने ।

काँग्रेस सभापति र संसदीय दलको नेता भएपछि देउवाले ओली सरकार ढाल्ने कदम अगाडि बढाएका थिए । तर, उनी आफ्नो पहिलो कदममा असफल भएपछि पार्टी्भित्रै असन्तुष्ट समूहले उनको आलोचना गरेको छ । यद्यपी देउवा समूहले ओली सरकार ढाल्ने पछिल्लो योजनामा शेखर कोइरालासहितका केही नेताको भने समर्थन रहेको दावी गरेको छ । काँग्रेस सूत्रका अनुसार पहिलो कदममै झट्का लागेपछि सभापति देउवा तनावमा छन् ।

त्यसैवीच देउवाले नयाँ सत्ताा समीकरण तयार नहुँदासम्म पार्टी पदाधिकारी चयन नगर्ने नीति बनाएका छन् । ‘देउवाले प्रधानमन्त्री नहुन्जेल पदाधिकारी बनाउँदैन । मन्त्री हुनेलाई पदाधिकारी बनाउँदैनन् । एक व्यक्ति एक पदको नीति अगाडि सारेका छन् ।’ देउवा निकट स्रोतले बतायो ।
 

 

तपाईंको बिचार