Tuesday, June 27, 2017  |    

प्रचण्ड र बादलको एकता घोषणा जेठ पहिलो साता

प्रकाशित मिति: 2016/05/09



वैशाख, २७, काठमाडौं । एकीकृत नेकपा माओवादी र नेकपा क्रान्तिकारी माओवादीको बादल समूहबीच जेठको पहिलो साता पार्टी एकता हुने भएको छ । दुबै पक्ष एकताको अन्तिम तयारीमा जुटेका छन् । आइतबार राति अबेर प्रचण्ड र बादलसहितको टीमबीच वार्ता भएको थियो ।
दुबै पक्षवीच सांगठनिक र राजनीतिक विषयमा साझा धारणा बनाउने प्रयास भइरहेको एक उच्च नेताले जानकारी दिएका छन् । महासचिव बादलले भने मंगलबार केन्द्रीय समितिको बैठक बोलाएका छन् । पार्टी अध्यक्ष मोहन बैद्यले पार्टी एकतालाई टार्ने प्रयासमा बैठक नै नबोलाएपछि बादल बहुमतका आधारमा निर्णय गर्ने अघि बढेका छन् । पार्टीका बहुमत सदस्य एकताको पक्षमा देखिएपछि बैद्यले एक महिनाका लागि केन्द्रीय समितिको बैठक स्थगित गरेका थिए । तर, महिना दिनको भाका कट्दा पनि बैद्यले बैठक बोलाएनन् । अब बादल बहुमतका आधारमा निर्णय गरेर प्रचण्ड नेतृत्वको एकीकृत नेकपा माओवादीसँग पार्टी एकता गर्ने तयारीमा जुटेका छन् ।

 

तपाईंको बिचार