Monday, August 21, 2017  |    

वैद्यलाई किन छाडेनन् बादलले ?

प्रकाशित मिति: 2016/05/10

वैशाख २८ , काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी तत्काललाई फुट हुन बाट रोकिएको छ ।   एमाओवादीसँग पार्टी एकताबारे बहुमतले निर्णय गर्ने भन्दै रामबहादुर थापा समूहले आज मंगलबारदेखि केन्द्रीय समितिको बैठक बोलाएको थियो । तर, अध्यक्ष बैद्यले नै जेठ २ गते बैठक बोलाएको र वार्ता भइरहेको भन्दै केन्द्रीय समिति बैठक स्थगित गरेर अनौपचारिक भेलामा परिणत भएको छ ।

नेवाः राज्य समितिको कार्यालय कुपण्डोलमा बसेको अनौपचारिक बैठकमा बादलले अहिलेसम्म भएका छलफल र प्रगतिबारे ब्रिफिङ गरेका छन् । पार्टी प्रवक्ता पम्फा भुषालले अध्यक्ष वैद्य पक्षधर सदस्यहरुको अनुपस्थितीमा बैठक बसेर पार्टी एकताको निर्णय गर्दा नराम्रो सन्देश जाने ठहर गरेर बैठक स्थगित गरेको बताइन् । पार्टीका वहुमत सदस्य एमाओवादीसँग एकता गर्नुपर्ने पक्षमा रहेको भन्दै उनले वैद्यलाई पनि एकताका लागि मनाउन अन्तिम प्रयास गर्ने बताइन् ।स्रोतका अनुसार बादलले बैद्यसँग छलफल गर्नेछन् । यदि बैद्य सहमत भए उनी सहित एकतामा जाने नभए पार्टी एकता प्रक्रिया अघि बढाउने एक नेताले बताए । एमाओवादीसँग एकताबारे छलफल गर्न बसेको बैठक चैत २७ गते अध्यक्ष बैद्यले एक महिनाका लागि स्थगित गरेका थिए ।

  

तपाईंको बिचार