Tuesday, June 27, 2017  |    

सरकारले शान्ति प्रक्रिया पुरा गराउन ठोस कार्यक्रम ल्याउन नसकेको प्रचण्डको आरोप

प्रकाशित मिति: 2016/05/11

वैशाख २९, काठमाडौं ।  सरकारले भर्खरै सार्वजनिक गरेको नीति तथा कार्यक्रमले शान्ति प्रक्रिया पुरा गराउने ठोस कार्यक्रम ल्याउन नसकेको नेकपा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले बताएका छन् । राजधानीको नयाँ बानेश्वरमा बुधबार बसेको संसद बैठकमा बोल्दै सत्ता साझेदार एमाओवादी अध्यक्ष दाहालले शान्ति प्रक्रियालाई पुरा गराउन सरकारले यसतर्फ ध्यान दिनुपर्ने बताए ।

उनले यस विषयालाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गम्भीर रुपमा लिनु पर्ने बताए । उनले भने, ’शान्ति प्रक्रियालाई ठोस निस्कर्षमा पुग्ने खालका कार्यक्रम आएन भने देश नै ठूलो दुर्घनामा जाने छ ।’ उनले शान्ति प्रक्रियालालई वेवास्ता गरिए देश दुर्घटनामा पर्ने दोर्होयाए । उनले भने, ’हाम्रो भनाइ के हो भने शान्ति प्रक्रियाको विषय कानुनको समान्य सिद्धान्त अनुसार वा परम्परगात रुपमा हल हुन सक्दैन । बृहत शान्ति सम्झौता अनुसार काम गर्नु पर्छ । यो कुरा सबैले बुझ्न र्पयो ।’

उनले अहिले राष्ट्रिय सहमतिको आवश्यकता रहेको पनि बताए । उनले भने, ’सरकार बनाउने र गिराने भन्ने चिन्ता हैन । संविधान कार्यान्वयन गरेर देश विकास गरौं भन्ने हो ।’

उनले यसको लागि आफ्नो पार्टी ठूला दल कांग्रेस र एमालेलाई सहयोग गर्न तयार रहेको स्पष्ट पारे ।

सरकारले आगामी मंसिरभित्र स्थानीय चुनाव गराउने भन्ने विषयमा उनले भने, ’स्थानीय चुनावमा राजनीतिक सहमति चाहिन्छ । संवैधानिक जटिलता फुकाइएपछि मात्रै स्थानीय चुनाव गर्नुपर्छ ।’
 
उनले सरकारको नीति तथा कार्यक्रमबारे संसदमा २५ मिनेट लामो भाषण गरेका थिए ।

अहिले संसदहरुको बोल्ने क्रम जारी छ ।


 

तपाईंको बिचार