Thursday, September 21, 2017

राजदूत फिर्ताको निर्णय गलत भएको एमाओवादी उपाध्यक्ष श्रेष्ठको भनाइ

प्रकाशित मिति: 2016/05/12

वैशाख ३० , काठमाडौं । एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले  राष्ट्रपतिको भारत भ्रमण रद्ध गर्ने र राजदूत फिर्ताको निर्णयप्रति असन्तुष्टि जनाएका छन ।  
राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण अन्तिम समयमा रद्ध गर्नु र सोहि दिन भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायलाई फिर्ता बोलाउने निर्णय गर्नु उपयुक्त नभएको  उनको ठहर छ ।  श्रेष्ठले बिहीबार हात्तीवनस्थित निवासमा सञ्चारकर्मीहरुसँग कुराकानी सरकारले गर्ने हरेक कार्य सुझबुझ पुर्ण ढंगले गर्नुपर्ने भन्दै राजदुत फिर्ता र राष्ट्रपतिको भ्रमण रद्ध हुनु ठिक नभएको बताएका छन । केपी ओली नेतृत्वको वर्तमान सरकार परिवर्तन गर्ने प्रयास असफल भएलगत्तै सरकारले राष्ट्रपति भण्डारीको भारत भ्रमण रद्ध गर्ने निर्णय गरेको थियो । त्यसलगत्तै नेपालका लागि भारतीय राजदूत उपाध्यायको काम कारबाहीप्रति असन्तुष्टि जनाउँदै सरकारले फिर्ता बोलाएको थियो ।

ओली नेतृत्वको सरकार ढाल्न भारतले प्रयास गरेको र त्यसैको कुटनीतिक जवाफअनुसार सरकारले राष्ट्रपतिको भ्रमण रद्ध गर्दै राजदूत फिर्ताको निर्णय लिएको बताइएको छ ।

 

तपाईंको बिचार