Friday, April 28, 2017  |    

देउवा एकलौटी अघि बढेको भन्दै पार्टी भित्र असन्तुष्टि बढ्यो

प्रकाशित मिति: 2016/05/14


जेठ १ , काठमाडौं । कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवा एकलौटी ढंगले अघि बढेको भन्दै पार्टी भित्र असन्तुष्टि बढेको छ । पार्टीमा छलफल नै नगरी सरकारले संसदमा पेस गरेको नीति तथा कार्यक्रममाथि सभापति देउवाले निकट व्यक्तिलाई  संशोधन हाल्न लगाएको गुनासो गर्दै सदस्यहरूले तत्काल केन्द्रिय समिति बैठक बोलाउन माग गरेका छन् । 
सरकारले संसदमा पेस गरेको नीति तथा कार्यक्रम, आगामी बजेटका साथै सरकार परिवर्तनको असफल खेलका विषयमा छलफल गर्न बैठक आवश्यक भएको कांग्रेस नेताहरुको दाबी छ । केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले सरकारक परिवर्तनसँग उठेको विषय र त्यसको समीक्षाका लागि तत्काल केन्द्रीय समिति बैठक बोलाउनुपर्ने बताउनुभयो । 

 

तपाईंको बिचार