Thursday, October 19, 2017

लचक हुदै मधेशी मोर्चाले बद्ल्यो धर्नाको रुप

प्रकाशित मिति: 2016/05/14


जेठ १, काठमाडौं । आइतबार चार ठाउँबाट सिंहदरवार घेर्ने कार्यक्रम बनाएको मधेसी र जनजाति गठबन्धनले घेराउ कार्यक्रमको स्वरुप बदलेको छ । यसअघि संघीय गठबन्धनले चार स्थान पुतलीसडक, हनुमानस्थान, माइतीघर मण्डला र भद्रकालीबाट सिंहदरवार घेराउ गर्ने कार्यक्रम बनाएको गठबन्धनले स्वरुप बदलेर दुई स्थानबाट मात्रै घेराउ गर्ने भएको छ । 
राजधानीकेन्द्रित आन्दोलनको घोषणा गरेको गठबन्धनले माइतीघर मण्डला र अनामनगरको हनुमानस्थानबाट मात्रै घेराउ गर्ने कार्यक्रम बनाएको हो । घेराउमा कार्यकर्ताको सहभागिता कम हुने अनुमान गरेपछि दुई स्थानबाट मात्रै घेराउ गर्ने कार्यक्रम बनाएको हो । यसअघि तराईमा केन्द्रित आन्दोलन ६ महिनासम्मको नाकाबन्दीमा उत्रिदा पनि असफल भएपछि नयाँ गठबन्धन बनाएर राजधानी केन्द्रित आन्दोलन धोषणा गरिएको थियो । आइतबार बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म धर्ना बस्ने सर्कुलर २९ दलीय गठबन्धनका सदस्यहरूलाई जारी गरिएको 

 

तपाईंको बिचार