Thursday, April 27, 2017  |    

संघीयता कार्यन्वयनमा दलहरु उदासिन रहेको कांग्रेस महामन्त्री कोइरालाको आरोप

प्रकाशित मिति: 2016/05/15

जेठ २ , काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले संघीयता कार्यान्वयनको मामिलामा दलहरु नै स्पष्ट नरहेको दावी गरेका छन् ।

रेडियो नेपालको कर्मचारी संघले आइतबार काठमाडौंमा गरेको कार्यक्रममा कांग्रेस महामन्त्री डा. कोइरालाले संघीयताको मामिलामा दलहरु अस्पष्ट भएकै कारण संविधान बन्न ८ वर्ष लागेको भन्दै सात प्रदेशसहितको संविधानको कार्यान्वयन चुनौतीपूर्ण रहेको बताए । उनले संघीयतालाई कसरी कार्यान्वयन गर्ने भन्ने विषयमा प्रमुख दलहरु स्पष्ट नरहेको दावी गरे । 
कोइरालाले राजनीतिक दलहरुमा दृढता र स्पष्टता नरहेको र त्यही कारण मुलुकको आर्थिक विकास पछाडि परेको धारणा राखे । उनले राजनीतिक दलहरुले जनभावना अनुसार काम गर्नुको साटो दलालको भूमिका निर्वाह गरिरहेको आरोप लगाए । राजनीतिक परिवर्तन भएपनि दलका नेताहरुमा अझै सामन्ती विचार हावी रहेको उनको भनाइ छ ।

 

तपाईंको बिचार