Friday, July 28, 2017  |    

मदन /आश्रितको हत्या सुनियोजित हो/ खोजविन गर्छौ :प्रधानमन्त्री

प्रकाशित मिति: 2016/05/16

जेठ ३, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारी र जिवराज आश्रतिको दुर्घटना नभएर हत्या भएको कुरामा एमाले स्पष्ट रहेको भन्दै यसको खोजीनिति गरिने बताएका छन् । 
उनले लामो समय बितसकेकाले अनुसन्धान कठिन हुने उल्लेख गरे । मदन आश्रतिको २३ औं स्मृति दिवसका अवसरमा बल्खुस्थित मदन भण्डारीको प्रतिमामा माल्यार्पण गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । भण्डारीको हत्या नियोजित भएको भन्दै प्रधानमन्त्री ओलीले प्रमाणहरुको अध्ययन र अनुसन्धान गरी अगाडि बढ्ने बताएपनि  कहिलेबाट अनुसन्धान गर्ने भन्ने बिषय भने खुलाएनन । भण्डारी र आश्रितको २०५० साल जेष्ठ ३ गते आजैका दिन दासढुंगामा गाडि दुर्घटनामा परि मृत्यु भएको थियो । घट्ना नियोजित रहेको भन्ने बहश चलिरहेपनि हालसम्म पनि अनुसन्धान अघि बढ्न सकेको छैन ।
यसैबिच कार्यक्रममा प्रधानमन्त्री ओलीले मधेसी लगायतका दलहरुले गरेको आन्दोलनका विषयमा कटाक्ष  गरेका थिए । उनले यो आन्दोलनको उद्धेश्य र गन्तब्य नभएको बताए । आन्दोलनरत दलहरुलाई ‘फुर्सद भए’ भुकम्पपछिको पुनर्निमाण अभियानमा सघाउन उनले आह्वान गरे । एमालेले पुर्ननिमाणका लागि ७ गतेबाट स्वयंसेवक परिचालन गर्न लागेको र जनताको हितका लागि मिलेर अघि बढ्न समेत आग्रह गरे । ओलीले आन्दोलनमा सरकारले दमन नगर्नेमा ढुक्क हुन पनि आन्दोलनकारी मोर्चालाई आग्रह गरे । तर, दमन नगर्ने भन्दैमा गाडी जलाउने, सार्वजनिक सम्पत्ती र जनताको सम्पत्ती तोडफोड गर्ने काम नसहने उनको भनाई छ ।
  

 

तपाईंको बिचार