Thursday, March 30, 2017  |    

दाहाललाई कुनै हालतमा प्रधानमन्त्री दिदैनौं :ईश्वर पोखरेल

प्रकाशित मिति: 2016/05/17

जेष्ठ ४, काठमाण्डौ । एमाले महासचिव इश्वर पोखरलेलले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई एमालेले प्रधानमन्त्री बनाउने हल्ला निराधार भएको बताएका छन । उनले खल्तीको सामान दिएजस्तो प्रधानमन्त्री पद एमालेले दिन नसक्ने बताए ।

यसअघि संसदमा बजेट पेश भएपछि सरकार परिवर्तन हुने बहश चलिरहँदा पोखरेलको सो भनाइ बाहिर आएको हो । पोखरामा मंगलबार आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले केपी ओलीको विकल्प खोज्नु मूर्खता भएको दावी गरे । सरकार हटाउने पासो असफल भईसकेको भन्दै  उनले सरकार परिवर्तन गर्न कसैले नसक्ने बताए ।सरकार बदल्छु भन्दा कांग्रेस नराम्ररी भुईंमा पछारिएको भन्दै पोखरेलले  भुईमा पछारिँदा लागेको धुलो टकट्क्याएर कांग्रेसले एमालेसँग सहकार्य गरेर अगाडी बढनुको विकल्प नभएको दावी गरे ।
 

 

तपाईंको बिचार