Monday, August 21, 2017  |    

सुनसरी कांग्रेसद्वारा चन्दा संकलनमा रोक

प्रकाशित मिति: 2016/05/20

जेष्ठ ७, सुनसरी । नेपाली कांग्रेस सुनसरीले आजदेखि पार्टी तथा भातृ संघसंस्थाको नाममा कुनै पनि चन्दा तथा सहयोग संकलन नगर्न निर्देशन जारी गरेको छ ।
नेविसंघ सुनसरीमा सुनिलकुमार साह र चन्द्रसुन्दर खेवाङले आ–आफुलाई जिल्ला सभापति दावी गर्दै समानान्तर गतिविधि गर्दै आएपछि पार्टी र भातृसंगठनको नाममा कुनै पनि गतिविधि र चन्दा संकलन नगर्न पार्टीले निर्देशन दिएको हो ।नेविसंघ सुनसरीको नेतृत्वमा विवाद भई दुईवटा समानान्तर समिति बनेपछि विवाद समाधान गर्न गठित समितिले विवाद देखिएका नेविसंघ इकाई, क्षेत्र र जिल्ला कार्यसमितिका पदाधिकारी सदस्यहरुलाई विवाद उत्पन्न हुने कुनै पनि कार्य नगर्न निर्देशन जारी गरेको थियो ।
सकरात्मक ढंगले विवाद समाधान उन्मुख भईरहेको अवस्थामा नेविसंघ नेतृत्वहरुद्धारा कार्यक्रमको नाममा आर्थिक चन्दा संकलन गर्ने तथा एक अर्कालाई वैध अवैध भनि होच्याउने किसिमका गतिविधिहरु सञ्चालन गरी वातावरण विगार्ने कार्य भईरहेकोप्रति पाटीको गम्भिर ध्यानाकर्षण भई विवाद समाधान नहुंदासम्म कुनै पनि कार्यक्रम नगर्न सचेत गराइएको बताइएको छ ।
  

 

तपाईंको बिचार