Wednesday, March 29, 2017  |    

संविधान कुनै हालतमा पुनर्लेखन हुँदैन : कृष्ण सिटौला

प्रकाशित मिति: 2016/05/23

जेष्ठ १०, बिराटनगर । सरकारसँग वार्ताका लागि संविधान पुनर्लेखन हुनुपर्ने संघीय गठबन्धनका नेता उपेन्द्र यादवले शर्त तेस्र्याइरहेका बेला नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान जारी भइसकेको अवस्थामा कुनै पनि हालतमा संविधानको पुर्नखलेखन गर्ने कार्य सम्भव नभएको बताएका छन् ।

मधेसी मोर्चाले संविधानको पुर्नलेखनको माग उठाइरहेको अवस्थामा नेता सिटौलाले सोमबार बिहान बिराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै पुनर्लेखन असम्भव रहेको बताएका हुन् । संविधान पुनर्लेखन गर्ने कार्य समाप्त भइसकेको सिटौलाले बताए ।  सरकारले बजेट प्रस्तुत गरेपछि संविधान कार्यान्वयन लगायतका विषयमा प्रमुख राजनीतिक दलहरुवीच छलफल भई देशलाई निकास दिने तयारी भइरहेको सिटौलाले जानकारी दिए । यद्यपी तयारी कस्तो हो भन्ने चाहि खुलाएनन ।

 

तपाईंको बिचार