Thursday, November 23, 2017

प्रचण्डको नेतृत्वमा नौ सदस्यीय हेडक्वाटर बनाउने माओवादी केन्द्रको निर्णय

प्रकाशित मिति: 2016/05/23

जेठ १० , काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा नौ सदस्यीय हेडक्वाटर बनाउने भएको छ । तत्काल अन्य पदाधिकारी नरहने भएका छन् । १० माओवादी घटकहरुको एकतापछि संयुक्त सम्मेलनले प्रचण्डलाई अध्यक्ष चयन गरेको थियो ।

तर, एकल पदीयमा जाने कि बहुपदीयमा भन्ने सहमति जुट्न सकेको थिएन । सोमबार बसेको बैठकमा तत्कालका लागि नौ सदस्यीय केन्द्रीय कार्यालय बनाउने निर्णय भएको छ । ४९ देखि ५१ सदस्यीय सचिवालय र १५१ सदस्यीय पोलिटब्यूरो गठन गर्ने सहमति भएको स्रोतले बताएको छ ।

तपाईंको बिचार