Wednesday, March 29, 2017  |    

प्रधानमन्त्रीले बोलाएको त्रिपक्षिय बैठकमा मधेसी मोर्चा अनुपस्थित

प्रकाशित मिति: 2016/05/24

जेठ ११, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आहृवान गरेको   बैठकमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा अनुपस्थित भएको छ । मधेसी मोर्चा अनुपस्थित भएपछि अहिले सत्तारुढ र विपक्षी दलहरु छलफलमा जुटेका छन् ।

बैठकमा कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल र महेश आचार्य छन् । एमाओवादीका तर्फबाट अध्यक्ष प्रचण्ड र नारायणकाजी श्रेष्ठ प्रकाशसँगै रामबहादुर थापा बादल र मातृका यादव पनि उपस्थित छन् । हालै मात्र पार्टी एकतामा आएका बादल र मातृका पार्टी एकतापछि पहिलो पटक शीर्ष बैठकमा सहभागी भएका हुन् । प्रधानमन्त्री कार्यालयले मधेसी मोर्चा आवद्ध दलका नेताहरुलाई फोन गरेर नै वैठकबारे जानकारी गराएका थिए । लगतै प्रधानमन्त्रीले वार्ताको आहृवान गर्दै मधेसी मोर्चालाई पत्र समेत पठाएका छन्  ।

तर, मधेसी मोर्चा बैठकमा सहभागी भएन । मधेसी मोर्चामा आवद्ध दलहरुले अहिले संघीय गठवन्धनको नाममा आन्दोलन गरिरहेका छन् । अहिले गठवन्धनले आन्दोलन गरिरहेकाले गठबन्धनलाई नबोलाएर मोर्चाका नाममा वार्तामा बोलाउनु ठिक नभएको उनीहरुको भनाई छ ।

 

तपाईंको बिचार