Friday, April 28, 2017  |    

आन्दोलनरत गठबन्धनद्धारा तिहारसम्मका आन्दोलनका कार्यक्रम बनाउँदै

प्रकाशित मिति: 2016/05/27

जेठ १४, काठमाण्डौ । आन्दोलनरत संघीय गठबन्धनले   तिहारपछि सम्मका लागि आन्दोलनको गृहकार्य थालेको छ । संघीय समाजवादी फोरम नेपालको पार्टी कार्यालय तीनकुनेमा शुक्रबार बसेको गठबन्धनको बैठकले दसैँ तिहारपछि सशक्त आन्दोलनको तयारीमा जुट्ने निष्कर्ष निकालेको हो । 

बर्खा र खेतीपातीको मौसम सुरु भएकाले तत्कालका लागि सांकेतिक आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिंदै चाडपर्व सकिएसँगै आन्दोलनलाई कडा पार्ने तयारीमा गठबन्धन जुटेको हो । गठबन्धनको घोषित कार्यक्रम १७ गते सकिने भएकाले त्यसपछि के गर्ने भन्ने विषयमा छलफल भएको फोरम नेपालका नेता राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । आन्दोलनका कार्यक्रम तयार पार्न सचिवालयलाई जिम्मा दिइएको छ । गठबन्धनले १६ गते वीरगञ्ज र १७ गते पोखरामा कार्यक्रम गर्ने जनाएको छ । त्यसपछि बर्खाको समयमा अन्तरक्रिया, रिलेअनशन, भित्तेलेखन, जस्ता प्रतिकात्मक आन्दोलनका कार्यक्रम गर्ने तयारी छ । यसैबिच सरकारले वार्ताका लागि गठबन्धनलाई सम्बोधन गरेर पत्र लेख्नुपर्ने बैठकले माग गरेको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई लेखेको पत्रका आधारमा वार्तामा नबस्ने बैठकले निर्णय गरेको हो । मोर्चा कि गठबन्धनको नामबाट वार्ता गर्ने भन्ने विषयमा आन्दोलनरत दलहरुबीच विवाद छ । जसका कारण मोर्चाको बैठक बस्न सकेको छैन ।  

तपाईंको बिचार