Monday, December 18, 2017

मधेसी मोर्चाले किन गुहार्यो संसद

प्रकाशित मिति: 2016/05/31

जेठ १८ , काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले मधेस समस्या समाधान गर्न सरकार गम्भीर नभएको भन्दै हस्तक्षेप गर्न संसदलाई अपील गरेको छ । व्यवस्थापिका संसदको मंगलबारको बैठक सुरु हुनासाथ मोर्चामा आवद्ध दलहरुका सांसदहरुले उठेर विरोध गरे ।  

उनीहरुले संविधान निर्माणको बेलादेखि नै आफूहरु आन्दोलनमा रहेको र पछिल्लो पटक मधेसी मोर्चाले मात्र होइन, मगर, तमुवान, लिम्बुवान सबैले सिंहदरवार घेरेर आफ्नो कुरा राखेको बताए । तर, सरकार जिम्मेवार ढंगले प्रस्तुत नभएको र निद्रामग्न रहेको   सद्भावनाका सांसद नरसिंह चौधरीले आक्रोस ब्यक्त गरे । सबै मोर्चामा असफल भएको भन्दै सांसद चौधरीले समस्या समाधानका लागि हस्तक्षेप गर्न संसदलाई अपील गरे । उनले आफूहरुको माग सम्बोधन नभएसम्म संसद बहिस्कार गर्ने बताए । लगतै मधेसी मोर्चा र संघीय गठवन्धनमा आवद्ध दलका सांसदहरु बैठकबाट बाहिरिएका थिए ।
 

 

तपाईंको बिचार