Saturday, May 27, 2017  |    

उप राष्ट्रपति जेठ २८ गते चीन भ्रमणमा जाने

प्रकाशित मिति: 2016/06/04

जेठ २२,काठमाडौं ।  उप राष्ट्रपति नन्दबहादुर पुन आगामी साता चीन भ्रमणमा जाने भएका छन् । युनान प्रान्तको कुन्मिङमा ३० गतेदेखि सुरु हुने ‘चौथो चाइना—साउथ एसिया एक्स्पो’ तथा ‘२४ औं चाइना एक्स्पोर्ट तथा इम्पोर्ट फेयर’ मा सहभागी हुन उपराष्ट्रपति पुन चीन जान लागेका हुन् ।
 
भ्रमणदलमा उपराष्ट्रपतिको सचिवालयका पदाधिकारी १४ जना र परराष्ट्रका तीन अधिकारी गरी १७ जना रहनेछन् । यद्यपि उपराष्ट्रपतिको भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत भइसकेको छैन ।  
 हालैका वर्षमा दक्षिण एसियासँगको सम्बन्ध थप प्रभावकारी बनाउन चीनले नेपाल, भारत, बंगलादेशलगायत दक्षिण एसियाली मुलुकका नेता, व्यापारिक संघसंस्था र उच्चपदस्थ सरकारी अधिकारीसँग अन्तरक्रिया गर्दै आएको छ । चीनले कुन्मिङ सहरलाई दक्षिण एसियाली मुलुकसँगको सम्बन्ध अघि बढाउन उपयुक्त ढोकाका रूपमा अघि बढाएको छ । 
 
 
 
 
  

 

तपाईंको बिचार