Friday, July 28, 2017  |    

प्रचण्डको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्छ ः बादल

प्रकाशित मिति: 2016/06/04

जेठ २२,सिन्धुली ।  नेकपा माओवादी केन्द्र वरिष्ठ नेता रामबहादुर थापा बादलले देशको वर्तमान समस्याको समाधान र चुनौतीको सामना राष्ट्रिय सहमतिको सरकार आवश्यकता रहेको बताएका छन् । 

 
प्रेस सेन्टर नेपाल जिल्ला शाखा सिन्धुलीले शनिबार सिन्धुलीमाढीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता बादलले देशमा संक्रमण कालको अन्त्य र स्थायी शान्तिका लागि बहुमतको नभई राष्ट्रिय सहमतिको सरकारको आवश्यकता रहेको बताएका हुन् । 
 
उनले राष्ट्रिय सहमतिको सरकारको नेतृत्व माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्ने समेत खुलसा गरे ।
 राष्ट्रिय सरकारले मात्र वर्तमान चुनौतीहरुको सामना गर्दै देशलाई अग्रगमनतर्फ लैजान सक्ने उनको जिकिर छ । 
 
नेता बादलले नेकपा एमालेसँग राष्ट्रिय सरकार निर्माणकै सन्दर्भमा नौ बुँदे सहमति भएको बताउँदै राष्ट्रिय सहमतिको सरकार नेकपा माओवादी केन्द्रकै नेतृत्वमा बनाउने प्रयास भईरहेको उनको भनाइ थियो । 
 
प्रचण्ड नेतृत्वको राष्ट्रिय सहमतिको सरकारमा कांग्रेस र मधेसवादी दलहरुसमेत सहभागी हुने उनको विश्वास थियो । 
 
माओवादी केन्द्रले राष्ट्रिय सहमतिको सरकारको नेतृत्व दावी गर्नु स्वभाविक रहेको समेत उनले बताए । नेता बादलले एमालेले एकलौटी ढंगबाट बजेट प्रस्तुत गरेको भन्दै त्यसप्रति भने खेद व्यक्त गरे । 
  
 
तत्काल आफ्नो पार्टीले अघि सारेका कार्यक्रमलाई सम्बोधन नगरे सरकार छाड्नसमेत सक्ने उनको तर्क थियो । शान्ति प्रक्रियालाई टुङ्गोमा पु¥याउन शहिद र द्वन्द्वपीडितलाई दिने रकम तथा, कृषकलाई पेन्सन तथा माओवादी केन्द्रले अघि सारेका धेरै कार्यक्रमलाई प्रधानमन्त्री र अर्थमन्त्रीले छुटाएको भन्दै तत्काल समावेश नगरे सरकार छाड्नेसम्मको संकेत उनको थियो ।
 
नेकपा माओवादीधाराका विभिन्न १० शक्तिहरुको एकतापछि पहिलो पटक सिन्धुलीमाढी आइपुगेका नेता बादलले राष्ट्रिस्वाधीनताको रक्षा र जनअधिकार प्राप्तीका लागि पार्टीहरुबीच एकता भएको उनको दावी थियो । 
 
 
 
 
  

तपाईंको बिचार