Tuesday, December 12, 2017

असोजमा चिनियाँ राष्ट्रपति सि जिनपिङ नेपाल आउने

प्रकाशित मिति: 2016/06/11

जेठ २९, काठमाडौं ।  चिनियाँ राष्ट्रपति सि जिनपिङले अगामी असोजमा नेपाल भ्रमण गर्ने लगभग तय भएको छ । साउथ चाइना मोर्निङ पोष्टको रिपोर्ट अनुसार आगामी अक्टोबर महिनामा  हुने ब्रिक्स सम्मेलनपछि चिनियाँ राष्ट्रपति नेपाल भ्रमणमा आउने छन् ।

 
हङकङको पत्रिकाले नेपालको परराष्ट्र मन्त्रालयलाई उद्धृत गर्दै सम्मेलन सकिएको दिन अर्थात् अक्टोबर १६ (असोज ३०) गते नेपाल आउनेछन् ।

 चिनियाँ राष्ट्रपतिको भ्रमणले भारत त्रसित 

चिनियाँ राष्ट्रपतिले नेपाल भ्रमण गर्ने लगभग तय भएको समाचार आइरहँदा भारत भने सशंकित देखिएको छ । भारतीय मिडिया द हिन्दुमा यस विषयमा एक रिपोर्ट नै प्रकाशित गर्दै सि जिनपिङको भ्रमणले नजिकिँदै गएको नेपाल र चीनबीचको सम्बन्ध अझै सुदृढ बन्ने विश्लेषण गरेको छ ।
 । गत महिना चीनको गान्सु प्रान्तदेखि नेपालको लागि मालवाहक रेल तिब्बतसम्म आएको थियो । जहाँबाट स्थलमार्ग हुँदै काठमाडौंसम्म समानहरु काठमाडौंसम्म पुर्याइएको थियो ।

यसबाहेक नेपाल र चीनबीच वान बेल्ट वान रोड, युरेसियन कनेक्टीभिटी प्रोजेक्टको बारेमा छलफल भइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका दौरान दुई देशबीचको सम्बन्धले नयाँ गति पाएको हिन्दुको रिपोर्टमा भनिएको छ ।

नेपाल र चीनले विदेशमन्त्री स्तरीय बैठक जुन महिनाको तेस्रो साता गर्दैछ । जसमा प्रधानमन्त्री ओलीले चीनभ्रमणका दौरान गरेका सबै सम्झौताहरुको बारेमा छलफल हुनेछ ।

शुक्रबार मात्र उपराष्ट्रपति नन्दबहादुर पुन साताब्यापी चीन भ्रमणका लागि त्यहाँ पुगेका छन् ।

तपाईंको बिचार