Friday, December 15, 2017

नयाँ शक्ति नेपालले प्रत्यक्ष निर्वाचनबाटै केन्द्रीय अध्यक्षसहित सवै तहका पदाधिकारी चयन गर्ने

प्रकाशित मिति: 2016/06/24

काठमाडौं । नयाँ शक्ति नेपालमा केन्द्रीय अध्यक्षसँगै सवै तहका पदाधिकारीको प्रत्यक्ष निर्वाचन गर्ने नियम बनाउन तयारी भएको छ ।

आज बस्ने पार्टीको केन्द्रीय सचिवालयको वैठकमा यही व्यवस्थासहितको परिमार्जित विधान पेश हुँदैछ । वैठक दिउँसो १२ बजेबाट बस्दैछ ।

पार्टीभित्र प्रत्यक्ष लोकतन्त्रको अभ्यास गर्ने नीति अनुसार सवै तहका पदाधिकारीको प्रत्यक्ष निर्वाचनको प्रावधानसहितको विधान परिमार्जन गरिएको दस्तावेज परिमार्जन कार्यदलका एक सदस्यले बताए । उनका अनुसार यो नेपाली राजनीतिमा विल्कुलै नयाँ प्रयोग हुनेछ । सीमित व्यक्तिको भेलाबाट नेतृत्व चयन गर्दा प्रत्यक्ष लोकतन्त्रको अभ्यास नहुँने भएकाले सवै पार्टी सदस्यले नेतृत्व छान्ने विधि खोज्न लागिएको उनले बताए ।

नयाँ शक्तिले राज्यको कार्यपालिका प्रमुख प्रत्यक्ष निर्वाचित र व्यवस्थापिका पूर्ण समानुपातिकको नारा अगाडि सारेको छ । यो नारालाई बलियो बनाउन पनि पार्टीभित्र प्रत्यक्ष लोकतन्त्रको अभ्यास अगाडि बढाउन लागिएको ती नेताले बताए । माओवादी छाडेर हिँडेदेखि नयाँ पार्टी घोषणासम्म आउदासम्म नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको माग अगाडि बढाईरहेका छन् । उनको पार्टीले यसलाई आफ्नो राजनीतिक पनि बनाएको छ ।

नयाँ शक्तिले अहिले परिमार्जन गरेको विधान अनुमोदन भए पार्टी केन्द्रका पदाधिकारी देशभर र प्रवासमा रहेका पार्टी सदस्यको मतदानबाट चुनिने छन् । नेपालमो यो पहिलो प्रयोग हुने छ । अहिले प्रमुख राजनीति दलहरुले महाधिवेशन वा राष्ट्रिय सम्मेलनमा सहभागी हुन आउने प्रतिनीधि मार्फत नेतृत्व चयन गर्दै आएका छन् । नयाँ शक्तिको परिमार्जित विधान अनुसार नेतृत्व चयन गर्दा हरेक तल्ला–तल्ला तहमा पनि मतदान गर्नुपर्ने हुनेछ ।

 

तपाईंको बिचार