Sunday, April 30, 2017  |    

नेपालमा हिन्दु राज्य फर्काउन मोदीसमक्ष माग

प्रकाशित मिति: 2016/06/26

असार १२, काठमाडौं ।  भारतीय हिन्दुवादी संगठन हिन्दू जनजागृति समितिले  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपालको नयाँ संविधान खारेज गरी पुनः हिन्दुराष्ट्र घोषणाका लागि हस्तक्षेपकारी भूमिका निर्वाह गर्न आग्रह गरेको छ ।

 समितिको भारतको गोवामा शनिबार सम्पन्न अल इन्डिया हिन्दू कन्भेसनले यो माग मोदीसमक्ष राखेको समाचार भारतीय चर्चित पत्रिका इन्डियन एक्सप्रेसको अनलाइन संस्करणमा छापिएको छ ।

‘नेपाल सरकार र भारत सरकारबीचको भातृत्वपूर्ण सम्बन्ध संकटमा परेको छ । र, चीनले यो परिस्थितीको नाजाजय फाइदा लिन खोजिरहेको छ । चीनको बढ्दो प्रभाव भारतका लागि घातक छ’, समितिका राष्ट्रिय प्रवक्ता रमेश सिन्धेले भनेका छन् ‘त्यस कारण भारतले समयमै हस्तक्षेप गरी नेपाललाई पुनः हिन्दूराज्यमा फर्काउनुपर्छ ।’

भारतीय जनता पार्टीले नेपाललाई पुनः हिन्दूराज्य बनाउन चोहपनि नेपालका प्रमुख दलहरुले सो आग्रहलाई नमानी धर्म्निरपेक्ष संविधान जारी गरेको आक्रोशमा भारतले नेपालमाथि पाँच महिना आर्थिक नाकाबन्दी लादेको चर्चा राजनीतिक वृत्तमा हुँदै आएको छ ।

यद्यपि भारतले नेपाल पुनः हिन्दूराज्य हुुनुपर्छ भन्ने औपचारिक रुपमा सार्वजनिक अभिब्यक्ति भने दिएको अवस्था छैन ।

तपाईंको बिचार