Monday, December 11, 2017

प्रधानमन्त्रीको टोली निर्वाचन आयोगमा

प्रकाशित मिति: 2016/06/27

असार १३, काठमाडौं ।  प्रधानमन्त्री केपी ओलीसहितको टोली निर्वाचन आयोग पुगेको छ । प्रधानमन्त्रीबाहेक गृहमन्त्री शक्तिबहादुर बस्नेत, कानुन मन्त्री अग्नि खरेल, मुख्य सचिव सोमलाल सुवेदी तथा एमाले महासचिव इश्वर पोखरेल निर्वाचन आयोगका पदाधिकारीसँग परामर्श गर्न आयोग पुगेका हुन्।    

निर्वाचन आयोगका उपसचिव एकनारायण शर्माका अनुसार सरकारले संविधान कार्यान्वयन गर्न भन्दै ०७४ माघसम्म सबै निर्वाचन गरिसक्ने कार्ययोजना सार्वजनिक गरेपछि सोही विषयमा छलफल गर्न प्रधानमन्त्रीसहितको टोली आयोग पुगेको हो। 
मन्त्रीपरिषदले ०७४ माघभित्र  स्थानीय निकाय, प्रदेश र संघीय संसदको निर्वाचन गर्ने कार्यतालिका मन्त्रिपरिषदले पारित गरेको थियो।   
सरकारको कार्ययोजनाअनुसार २०७३ चैतभित्रै प्रदेश प्रमुखको नियुक्ति र प्रदेशको अस्थायी राजधानी तोकिनेछ। ०७४ वैशाख या जेठसम्म प्रदेश निर्वाचन सम्पन्न गर्ने सरकारको योजना छ।    

तपाईंको बिचार