Tuesday, May 30, 2017  |    

​नयाँ शक्ति नेपालको अध्यक्ष पदमा प्रतिशपर्धा हुने सम्भावना

प्रकाशित मिति: 2016/06/29

बाबुराम भट्टराईको नेतृत्वमा बनेको नयाँ पार्टी नयाँ शक्ति नेपालको केन्द्रीय अध्यक्ष पदका लागि अन्तरिम केन्द्रीय परिषद्का सदस्य निर्मल भट्टराईले उम्मेदवारी घोषणा गरेका छन्।

भक्तपुरमा पत्रकार सम्मेलन गरी नयाँ शक्ति नेपालको विधान जारी भएको भोलिपल्टै भट्टराईले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका हुन्।

उनले आफूले पार्टीको विधानअनुसार नै उम्मेदवारी घोषणा गरेको कारण चुनाव जित्नैका लागि अन्य कुनै नेता तथा पार्टीहरुको आलोचनासमेत नगर्न बताए ।

तपाईंको बिचार