Saturday, May 27, 2017  |    

माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लियो

प्रकाशित मिति: 2016/07/12

असार २८, काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।  

माओवादी अध्यक्ष प्रचण्डले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेका हुन । माओवादी केन्द्रका नेता जर्नादन शर्माले प्रधानमन्त्रीलाई सरकारबाट बाहिरीने निर्णय भएको व्योहोराको पत्र बुझाएर फर्केको गन्तव्य नेपाललाई बताए ।

यस सँगै प्रधानमन्त्री ओली नेतृत्वको सरकार संकटमा देखिएको छ । यसअघि हिजै मात्र सहमतिय सरकारको विषयमा माओवादी अध्यक्ष दाहालले कांग्रेस सभापति देउवा र प्रधानमन्त्री ओलीसँग छलफल गरेका थिए । छलफलमा दाहालको नेतृत्वमा सहमतिय सरकारमा जान नसकिने कांग्रेस र एमालेले बताएका थिए ।  सरकारलाई दिएको समर्थन फिर्ता सँगै अव नयाँ सत्ता समिकरण बन्ने देखिएको छ ।
 

 

तपाईंको बिचार