Friday, April 28, 2017  |    

सरकार ढलेको खुसीयालीमा भारतीय रजदुतले पार्टी दिए

प्रकाशित मिति: 2016/07/14
 फाइल फोटो
फाइल फोटो

असार ३०, काठामाडौं । केपी ओलीको सरकारलाई माओवादीले दिएको समर्थन फिर्ता लिएपछि निकै गोप्यता पूर्वक भारतीय राजदूत रनजित रेले मंगलवार साँझ एक पाँचतारे होटेलमा पार्टी दिएका छन् ।   
ओली नेतृत्वको सरकार राजनीतिक रुपले अल्पमतमा परेपछि खुला मञ्चको अनसनमा रहेका मधेसी मोर्चाका नेताहरुलाई बोलाएर राजदूत रेले पार्टी दिउका छन् उनले मधेसी मोर्चालाई  माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारमा सहभागि हुन निर्देशन समेत दिए । अनसनमै रहेका बेला रञ्जित रेको फोन आएपछि अनसन छोडेरै उपेन्द्र खुसीयाली भोजमा सामेल भएका थिए  ।  


भारतीय राजदूत रेले त्यहाँ अव नेपाल र भारतबीच सम्बन्ध प्रगाढ हुने मात्र वताएनन् दुई महिना भित्र नयाँ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिल्ली भ्रमण गराउने र चीनसँग नेपालले गरेका सम्झौताहरुलाई असफल बनाइदिने पनि सुनाए ।  

राञ्जित रेले मधेसी दलहरुलाई भावी राजनीतिवारे पनि मार्गदर्शन गरे । राजदूत रेले अव बन्ने सरकारबाट मधेसका समस्या समाधान गर्न धेरै आशा गर्न सकिने जनाए । सामाजिक सञ्जाल र सञ्चार माध्यममा भारत विरोधी भावना भड्किएकोले त्यसबाट बच्न अव होसियारी पूर्वक काम गर्नु पर्ने रेको सुझाव थियो ।  


भोजमै सहभागि एक नेताका अनुसार भारतीय राजदूत रेले यो परिणामका लागि आफूले धेरै मेहेनत गर्नु परेको वताएका थिए । मधेसकेन्द्रित दलका नेताहरुले भने माओवादी अध्यक्ष प्रचण्ड विश्वसनीय नभएकाले समस्या समाधान हुन सक्नेमा शंका ब्यक्त गरेका थिए ।  

खुसीयालीमा निकै खुलेर प्रस्तुत भएका रेले आफ्नो कार्यकाल नेपालमा बल्ल सफल रहेको पनि वताउन भ्याए । यस्तै खुसी बाँड्दा रेले माओवादी अध्यक्ष प्रचण्डलाई एमाले नेतृत्वको सरकार छोडाउन तीन महिनादेखि अनवरत प्रयास गरेको पनि सुनाएका थिए ।  

 रेले बोलाएको खुसीयाली भोजमा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव,  सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, तमलोपा अध्यक्ष महन्थ ठाकुर उपस्थित थिए । अनसन छोडेर पुगेका उपेन्द्रले भने भोजमा सहभागि हुँदै भने– दमनकारी ओलीको सरकार ढल्नु सबैभन्दा बढी खुसीको दिन हो । 
 

तपाईंको बिचार