Monday, August 21, 2017  |    

ओलीले देउवालाई समर्थन गर्ने

प्रकाशित मिति: 2016/07/14

असार ३०,काठमाडौं । प्रधानमन्त्री केपी ओलीले प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेता शेरबहादुर देउवालाई राष्ट्रिय सहमतिको सरकारको नेतृत्वका लागि समर्थन गर्न सकिने बताएका छन् ।  

देउवाले भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई समर्थन गर्ने वचन दिइसकेकाले अहिलेलाई केही गर्न नसक्ने उत्तर दिएका थिए । ओलीले बिहान देउवासँग फोनमा कुरा गरेका थिए । स्रोतका अनुसार देउवाले  
एमालेका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा उपाध्यक्ष वामदेव गौतमले मंगलबार ओलीलाई माओवादी केन्द्रले सरकारबाट आफ्ना मन्त्री फिर्ता गर्ने निर्णय गरेको अवस्थामा प्रधानमन्त्रीबाट राजीनामा गर्न आग्रह गरेका थिए । उनीहरूले ओलीसँग देउवालाई राष्ट्रिय सहमतिको सरकारको नेतृत्व गर्न तत्काल प्रस्ताव गर्न आग्रह गरेको एमालेल्े बताएको छ । 
 एमाले वरिष्ठ नेता नेपालले देउवासँग मंगलबार राति टेलिफोन गरी नेतृत्व लिइदिन आग्रह गरे पनि उनले अस्वीकार गरे ।

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले भने ओली सरकारविरुद्ध आएको अविश्वास प्रस्ताव एकमतले फेस गर्ने निष्कर्ष निकालेको छ । राप्रपा नेपाल संसदीय दलका प्रमुख सचेतक दिलनाथ गिरीले भने, ‘सरकारविरुद्ध आएको अविश्वास प्रस्तावको फेस नगरी सत्ता स्वार्थमा हिँड्नु राजनीतिक बेइमानी हुनेछ ।’

तपाईंको बिचार