Saturday, May 27, 2017  |    

संविधानको धार २९८ अनुसार नयाँ सरकार बन्छ

प्रकाशित मिति: 2016/07/16

साउन१, काठमाडौं ।  नेपाली कांग्रेस र माओवादीका शीर्ष नेताहरुले शनिबार संविधानविद् र कानुन व्यवसायीसँग छलफल गरेका छन् । 
भने संविधानविद् तथा कानुन व्यवसायीहरुले अविश्वासको प्रस्ताव पास भए नयाँ सरकार गठनका लागि प्रधानमन्त्रीले राजीनामा दिनै नपर्ने बताएका छन् ।

केही कानुन व्यवसायी तथा प्रधानमन्त्री केपी शर्मा ओली स्वंयमले वर्तमान सरकार हटेपनि नयाँ सरकार बन्न नसक्ने तर्क गरेपछि कांग्रेस र माओवादिले छलफल थालेका हुन ।  
संविधानविद् र कानुन व्यवसायीहरुले केपी शर्मा ओली जुन धारालाई केटेर प्रधानमन्त्री भए, त्यही धारा अनुसार नयाँ सरकार बन्ने बताएका छन् । ‘अविश्वासको प्रस्ताव पास भएपछि प्रधानमन्त्रीले राजीनामा दिन पनि   पर्दैन कसैले घोषणा गर्नु पनि पर्दैन’ नेपाल बार एशोसिएनका पूर्व अध्यक्ष प्रेमबहादुर खड्काले भने ।

धारा २९८ को उपधारा १० मा अर्को मन्त्रिपरिषद् गठन नभएसम्म सही मन्त्रिपरिषद्ले काम गर्न सक्छ भनेको र १३ मा छ महिनाभित्र दुई पटक अविश्वासको प्रस्ताव राख्न पाइँदैन भनेको उल्लेख गर्दै उनले नयाँ सरकार बन्ने बताएका छन् ।
कांग्रेस नेता रमेश लेखकले संविधान धारा २९८ अनुसार नयाँ सरकार बन्ने बताए । त्यही धारालाई केटेर अविश्वासको प्रस्ताव दर्ता भएको भन्दै उनले भने, ‘अविश्वासको प्रस्ताव पारित भएपछि प्रधानमन्त्री स्वत पदमुक्त हुन्छ र धारा २९८ र संसदको नियमावली ४९ र १६० बमोजिम नयाँ सरकार बन्नसक्छ ।’

सभासद एवं अभिवक्ता रामनारायण विडारीले प्रधानमन्त्रीले भ्रम सिजर्ना गरेको आरोप लगाए ।
 

तपाईंको बिचार