Thursday, March 30, 2017  |    

संविधान कार्यान्वयन हुन नदिने षडयन्त्र भएको ओलीको दाबि

प्रकाशित मिति: 2016/07/18

साउन ३, काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आफूविरुद्ध आएको अविश्वासको प्रस्ताव संविधान कार्यान्वयन हुन नदिने षड्यन्त्र भएको दाबि गरेका छन् ।  
 प्रधानमन्त्री ओलीले  जेजस्तो आशयले आए पनि अविश्वास प्रस्तावको वैधानिक तरिकाले समाना गर्ने बताएका थिए । आइतबार बालुवाटारमा बसेको सत्तारुढ दलको बैठकमा प्रधानमन्त्रीले राष्ट्रपतिलाई महाभियोग लगाउने विपक्षीको चेतावनीप्रति पनि आपत्ति प्रकट गरेका थिए । महाभियोग लगाउने चेतावनी कांग्रेस र माओवादी केन्द्रको बेमौसमी बाजा भएको आरोप ओलीको थियो ।

प्रधानमन्त्रीलाई साथ दिँदै राप्रपा नेपालका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री कमल थापाले सरकारले अगाडि सारेका एजेन्डा ठिक भएको, तर विपक्षीले राष्ट्रिय हितलाई आघात पार्ने गरी अविश्वास प्रस्ताव ल्याएको आरोप लगाएका थिए ।

बैठकले अविश्वास प्रस्तावको सामना गर्ने निष्कर्ष निकालेको माले महासचिवसमेत रहेका उपप्रधानमन्त्री सीपी मैनालीले बताए । उनका अनुसार अविश्वासको प्रस्तावमा सरकार पराजित भए पनि संविधानमा नयाँ सरकार बनाउने विषयमा अस्पष्टता रहेकाले दलहरूबीच छलफल गरेर त्यसलाई पहिला स्पष्ट पार्नुपर्ने निष्कर्ष निकालेको उनले जानकारी दिए ।

 

 

तपाईंको बिचार