Tuesday, August 22, 2017

मधेसी गठबन्धनको अनसनबाट १८ लाख चन्दा संकलन

प्रकाशित मिति: 2016/07/18
साउन ३, काठमाडौं । ३९ दिन सम्म खुल्लामञ्चमा अनसन बसेको संघीय गठबन्धनले १८ लाख चन्दा संकलन गरेको छ। संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितको उक्त गठबन्धनले खुला मञ्चमा रिले अनसन गर्दा उक्त रक संकलन गरेको बताएको छ । सोही संकलित रकम उक्त अनसन अवधि भरमा खर्च गरिएको थियो। गठबन्धनमा आबद्ध ४२ सांसदबाट दश लाख ५० हजार र बाँकी २५ हजारका दरले अन्य दलबाटचन्दा संकलन गरिएको गठबन्धनले बताएको छ अनसनमा बसेको उक्त गठबन्धनमा २९ दल आवद्ध रहँदै आएका छन्। जसअनुसार ७ लाख २५ हजार रुपैयाँ दलीय आधारमा संकलित भएको थियो भने गठबन्धनमा आवद्ध रहेका दलका ४२ जना सांसदवाट १० लाख ५० हजार रुपैयाँ संकलन गर्ने कार्यक्रम तय भएको थियो ।

तपाईंको बिचार