Monday, June 26, 2017  |    

सहमति जुटाउन सभामुख प्रयासरत

प्रकाशित मिति: 2016/07/20

साउन ५, काठमाडौं । सभामुख ओनसरी घर्तीमगरले व्यवस्थापिका संसदको बिहीबारको बैठकको कार्यसूचीमा सहमति जुटाउन प्रयास थालेकी छिन् । बुधबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारी, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेकी छन्।

विहान ७ बजे प्रचण्ड निवास पुगेकी घर्तीमगरले व्यवस्थापिका संसदमा दर्ता भएको प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको अविश्वासको प्रस्ताव र संसदको नियमित कार्यतालिका विषयमा छलफल गरिन्।
 सभामुखले बिहीबारको संसद बैठकमा कांग्रेस र माओवादीले संसदमा पेश गरेको प्रधानमन्त्री ओलीविरुद्धको अविश्वासको प्रस्ताव कार्यसूची बनाएकी छन्। एमालले भने संसदको कार्यसूचीबाट आर्थिक विधेयक हटाएकोप्रति आपत्ति जनाउदै आएको छ।

तपाईंको बिचार