Tuesday, June 27, 2017  |    

कार्यसूचीमा कुरो नमिल्दा शुक्रबार १ बजे सम्मका लागि संसद स्थगित

प्रकाशित मिति: 2016/07/21

साउन ६, काठमाडौं । व्यवस्थापिका संसदको कार्यसूची सम्बन्धी विवादमा सहमति जुट्न नसकेपछि संसदको बैठक शुक्रवार १ बजेसम्मका लागि स्थगित भएको छ । निर्धारित कार्यसूची पन्छाएर सभामुख ओनसरी घर्तीले सरकार विरुद्धको अविश्वास प्रस्तावमा छलफल गर्न बिहीवार बिहान ११ बजेका लागि संसदको बैठक बोलाएकी थिइन ।

 
कार्यसूचीको विवाद चर्किदै गएपछि बिहान सभामुखसँगै प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक बसेको थियो । बिहानको बैठकमा सहमति जुट्न नसकेपछि दिउसो २ बजेसम्मका लागि बैठक स्थगित भएको थियो ।
दिउँसो १ बजे पुनः छलफलमा बसेका तीन दलका शीर्ष नेताहरुबीच सहमति हुन नसकेपछि भोलि १ बजेसम्मका लागि संसद बैठक स्थगित भएको हो ।
 

तपाईंको बिचार