Saturday, November 18, 2017

ओलीले छिमेकी संग सम्बन्ध सन्तुलित रख्न नसकेको प्रचण्डको आरोप

प्रकाशित मिति: 2016/07/23

साउन ८,काठमाडौं। एमाओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले व्यस्थापिका संसदमा शुक्रबार साँझ प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध अविश्वास प्रस्ताव पेश गरेका छन्। संसदमा बोल्दै उनले ओली सरकारले अन्तराष्ट्रि समुदायसँग सन्तुलित सम्बन्ध राख्न असफल भएको आरोप लगाए।
साथै प्रचण्डले एमाले मावादिलाई निर्मुल पार्ने खेलमा लागेको भन्दै यस्तो तुच्छ हर्कत नदेखाउन चेतावनी समेत दिए । 

प्रधानमन्त्री ओलीले चीनसँग सम्बन्ध बढाएकोमा दाहालले असन्तुष्टि पोखेका हुन्। ओलीले चीनसँग पारवहन सन्धि गर्दै पेट्रोलियम पदार्थ आयात गर्ने बाटो खोलेका थिए। आगामी असोजमा चिनियाँ राष्ट्रपति सी जिङपिङको भ्रमण हुने तय भइसकेको थियो। यही कारण सरकार ढाल्न दक्षिणी छिमेकी भारतले सरकार ढाल्ने कसरत गरेको एमाले मन्त्रीहरूले बताउँदै आएका छन्। 

९ महिने सरकारको मुख्य साझेदार माओवादी केन्द्रका अध्यक्षले त्यही विषयप्रति शुक्रबार असन्तुष्टि जनाएका हुन्। ओली सरकारले मधेसी समुदायलाई इरिटेशन गरेको, एउटा निश्चित वर्गको राष्ट्रियताको मात्र प्रतिनिधित्व गरेको दाहालले आरोप लगाए।

‘आन्तरिक राष्ट्रिय एकतालाई सुदृढ गर्नेभन्दा सरकार विच्छृङ्खलित गर्नेतर्फ लागेको महसुस भयो’, उनले भने, ’९ महिनाको अवधिमा यो विषयमा गम्भीर बहसको आवश्यकता रहेको महसुस भयो।’

रेलमार्गका लागि ओलीका अभिव्यक्तिलाइ पनि दाहालले मजाक बनाएका थिए। ’रेल सुइँय चलिहाल्छ भनेर जसरी बोल्नुभयो। अहिले सरकारबाट बाहिरिन लाग्दा उहाँलाइ पनि ठिक लागेको होला। किनभने बोल्न धेरै सजिलो छ। काम गर्न गाह्रो छ’, दाहालले भने। ओलीले चीन सरकारको सहयोगमा नेपाल रेल ल्याउन अध्ययन थालेका थिए।

तपाईंको बिचार