Friday, March 24, 2017  |    

प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमती भएको पुष्टि गरे गौतमले

प्रकाशित मिति: 2016/07/23

साउन ८, काठमाडौं । नेपका एमालेका उपाध्यक्ष वामदेव गौतमले संसदमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने भद्र सहमति भएको  पुष्टि गरेका छन् । भद्र सहमति आफूले नै गरेको बताउँदै गौतमले प्रचण्ड अधैर्य हुँदा गठबन्धन टुटेको गुनासो गरे ।

  संसदमा अविश्वासको प्रस्तावमाथि छलफलमा भाग लिँदै गौतमले भने “म आज दुःखी छु, केपी ओलीलाई हटाएर प्रधानमन्त्री बन्ने कुरा नै प्रमुख हो भने, त्यसको निम्ति त मैले सहमति गरेकै थिएँ । सिग्नेचरमात्रै भएको थिएन । मैले गरेका सहमतिहरु मेरो तर्फबाट सधैंभरि लागु भएका छन् ढिलो वा चाँडो यो पनि लागुहुन्थ्यो ।”

एमालेकै वरिष्ठ नेता माधव नेपालले ओलीप्रति कटाक्ष गरेकाले वामदेवको भनाइ सुन्न कांग्रेस र माओवादीका प्रभावशाली नेताहरु अबेरसम्म संसद बैठकमा बसेका थिए । गौतमले प्रचण्ड र आफ्नो युद्धकालीन सम्बन्धका पाटाहरु समेत खुलासा गर्दै आजसम्म आफूले प्रचण्डलाई धोका नदिएको र उपयोग पनि नगरेको बताए ।

आफूले युद्धकालमा धेरै माओवादीहरुको ज्यान बचाएको गौतमले स्मरण गरे ।

आफैं संलग्न सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याएको हो भने माओवादीले चलाएका ८ मन्त्रालयबाट भएका काम पनि गलत थिए भन्ने पुष्टि हुने गौतमले बताए ।  
 

तपाईंको बिचार