Monday, December 18, 2017

राप्रपाले सरकारको समर्थन फिर्ता लियो

प्रकाशित मिति: 2016/07/24

साउन ९,काठमाडौं । सरकारमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। शनिबार बसेको राप्रपा संसदीय समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट आफ्ना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको हो  ।
ऋब राप्रपाले सरकारका विरुद्ध संसदमा मतदान गर्ने छ । 

वर्तमान सरकारमा राप्रपाबाट  श्रम तथा रोजगार मन्त्री दिपक बोहोरा र बाणिज्यमन्त्री जयन्त चन्द सरकारमा सहभागी छन्।

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै संसदमा अविश्वासको प्रस्ताव दर्ता गराएपछि ओली नेतृत्वको सरकारमा सहभागी दलले सरमर्थन फिर्ता लिनेक्रम बढेको छ। यसअघि प्रेमबहादुर सिंहले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट फिर्ता आएका थिए।

 

तपाईंको बिचार