Thursday, March 30, 2017  |    

सरकार निर्माणका लागि राष्टपति दलहरुसंग भेट वार्तमा

प्रकाशित मिति: 2016/07/24

साउन९, काठमाडौं । नयाँ सरकार निमार्णको लगि राष्ट्रपति विद्या भण्डारीले राजनीतिक परामर्श सुरु गरेकी छन् ।

सरकारविरुद्ध संसदमा दर्ता भएको अविश्वासको प्रस्तावमाथि मतदानको तयारी भइरहेका बेला राष्ट्रपति भण्डारीले राजनीतिक परामर्श थालेकी हुन् ।

राष्ट्रतिले आइतबार विहान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेकी छन् । शीतल निवासमा भएको भेटमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको छ ।

अब नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिलाई भेट्दैछन् ।

तपाईंको बिचार