Friday, April 28, 2017  |    

राजधानीमा बन्दकर्ताद्धारा ट्याक्सीमा आगजनी, ८३जना बन्दकर्ता पक्राउ

प्रकाशित मिति: 2016/07/25
 फाइल फोटो
फाइल फोटो

साउन १०,काठमाडौं । नेपाल बन्द आह्वान गरेको विप्लव नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले राजधानीमा दुईटा ट्याक्सी जलाएका छन् ।
बिहान ट्याक्सीमा सवार दुई जनाले गोंगबु चोकमा बा १ ज २८६ नम्बरको ट्याक्सीमा आगो लगाएका थिए  ।

त्यस्तै नयाँ बानेश्वरको मीन भवन नजिकै पनि ट्याक्सीमै सवार एक व्यक्तिले बा १ ज ५१६२ नम्बरको ट्याक्सीमा आगजनी गरेका छन् ।  
८३ बन्दकर्ता पक्राउ

यसैबीच राजधानीमा बन्दको आह्वान गर्दै हिँडेका ८३ जनालाई प्रहरीले पक्राउ गरेको छ । राजधानीका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

चितवनमा ट्रकमा आगजनी

चितवनको रत्ननगरमा सोमबार बिहानै औषधि बोकेको ट्रकमा आगजनी गरिएको छ । बिहान करिब १ बजेर ३० मिनेटको समयमा रत्ननगरको निपनी चोकमा अज्ञात समूहले ट्रक जलाएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ट्रकको अगाडिको भाग जलेको र केही औषधिमा समेत क्षति पुगेको छ । चितवनका प्रहरी उपरीक्षक वसन्त कुँवरका अनुसार वीरगन्जबाट काठमाडौं औषधि लिएर जाँदै गरेको ना५ख ७४३२ नम्बरको ट्रकमा आगजनी भएको हो ।

 
 

तपाईंको बिचार