Thursday, October 19, 2017

एमालेसंग सरकारमा नभई राजनीतिक मुद्दामा सहमति गर्ने कांग्रेसको धारणा

प्रकाशित मिति: 2016/07/27

साउन १२, काठमाडौं । नेपाली कांग्रेसले एमालेसँग सरकारमा नभई राष्ट्रिय राजनीतिक मुद्दामा सहमतिको प्रयास गर्ने बताएको छ ।   

 सहमतीय सरकार गठनका लागि राष्ट्रपति विद्या भण्डारीले संसदमा रहेका दलहरुलाई सात दिनको समय दिएकी छन् । तर, दुई दिन हुँदा समेत प्रमुख दलहरुबीच औपचारिक सम्वाद हुन नसक्दा कांग्रेसको यस्तो धारणा आएको हो  ।  

प्रधानमन्त्री बन्ने तरखरमा रहेका माओवादी अध्यक्ष प्रचण्डले अविश्वासको प्रस्ताव संसदमा पेश गर्दैगर्दा अझै पनि एमालेसहितका दलहरुसँग सम्वाद गरेर राष्ट्रिय सहमति कायम गर्ने बताएका थिए ।

तर, कांग्रेसका नेताहरुले भने अब बन्ने नयाँ सरकारमा एमालेलाई ल्याउने कुनै  तयारी नभउको बताएका छन् ।  

दुई ठूला दलमध्ये एक प्रतिपक्षमा बस्नुपर्ने कांग्रेसको तर्क छ । एमाले नेतृत्वको वर्तमान सरकारमा आउन आहृवान गर्दा कांग्रेस सभापति शेरबहादुर देउवा स्वयंले यो अडान राखेका थिए ।
देउवा निकट नेता मीन विश्वकमार्काका अनुसार सहमतीय सरकार गठनका लागि दिएको सात दिनको समय विताएपछि बहुमतीय सरकार गठन हुनेछ । कांग्रेसले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार गठन गर्ने समझदारी गरिसकेको छ ।

अहिले सरकारको नेतृत्वमा रहेको एमाले स्वयं पनि प्रचण्डको नेतृत्व राष्ट्रिय सरकार बनाउने पक्षमा देखिएको छैन । एमाले नेताहरुले अब सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका छन् ।
 

तपाईंको बिचार