Thursday, March 30, 2017  |    

चैैतसम्म स्थानीय चुनाव गर्ने कांग्रेस र माआवादी केन्द्रको निर्णय

प्रकाशित मिति: 2016/07/27

साउन १२,काठमाडौं । नयाँ सरकार गठनको प्रक्रियामा जुटेका नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले आउँदो चैतसम्ममा स्थानीय चुनाव गरिसक्ने निर्णय गरेका छन् ।

स्थानीय निकायको पुनर्संरचना गर्न गठित आयोगले पाँच सय ६५ वटा स्थानीय निकाय रहने बताएपनि त्यो संख्या बढाउनुपर्नेमा दुवै दलले जोड दिएका छन् ।

बुधबार बिहान सिंहदरबारमा बसेको दुई दलको बैठकले यो संख्या अव्यवहारिक र संघीयताको अवधारणासँग मेल नखाने भन्दै बढाउनुपर्ने निर्णय गरेको हो ।

स्थानीय निकायको पुनर्संचनालाई वैज्ञानिक र व्यवहारिक बनाएर जाने र आउँदो चैतसम्ममा स्थानीय चुनाव गरिसक्ने बारे छलफल भएको कांग्रेस नेता बिमलेन्द्र निधिले जानकारी दिए ।  स्थानीय निकायको पुनर्संरचनाका विषयमा मधेसी दल र एमालेसँग छलफल गर्ने निर्णय भएको उनले बताए । 

तपाईंको बिचार