Saturday, November 18, 2017

माओवादी केन्द्रले मन्त्रीको टुंगो लगाउन बैठक सुरु

प्रकाशित मिति: 2016/08/04

साउन २०, काठमाडौं । नेकपा माओवादी कन्द्रको केन्द्रीय कार्यालयको बैठक आज बिहान लाजिम्पाटमा सुरु भएको हो । अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीमा निर्वाचित भएपछि सरकारमा सहभागी मन्त्रीको टुंगो लगाउन माओवादी केन्द्रले उक्त बैठक बोलाएको हो ।

कृष्णबहादुर महरा, जनार्दन शर्मा, राम कार्की, हितराज पाण्डे, प्रभु साहलगायतको नाम पहिलो चरणमा पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम चर्चामा रहेको छ ।
गठबन्धन सरकारमा कांग्रेसले १३ र माओवादीले ९ मन्त्रालय लिने गरी भागबन्डा मिलाएका छन् । कांग्रेस र माओवादीको भागबन्डामा राप्रपालाई दुई र नेकपा संयुक्तलाई एक दिने मोटामोटी समझदारी भएको स्रोतले बताएको छ । बाँकी तीन मन्त्रालयल साना दलको लागि छुट्याइको हो ।

तपाईंको बिचार