Friday, July 28, 2017  |    

मन्त्रीपरिषद् विस्तार अझै अनिश्चित

प्रकाशित मिति: 2016/08/08

काठमाडौं । मन्त्रीपरिषद विस्तारका विषयमा प्रधानमन्त्री प्रचण्डले काँग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गर्दैछन् ।

शनिवार पनि प्रधानमन्त्री प्रचण्ड र काँग्रेस सभापति देउवावीच भेट भएको थियो । मन्त्रीपरिषद् विस्तारका विषयमा छलफल गर्न देउवा निवास पुगेका प्रधानमन्त्रीलाई सभापति देउवाले नेविसंघको महाधिवेशनपछि मन्त्रीमण्डल विस्तार गर्न सुझाव दिएका थिए ।

मन्त्रीका दावेदार धेरै भएपछि काँग्रेस र माओवादीवीच विवाद पनि कायमै छ । अहिलेसम्म काँग्रेसबाट दुई र माओवादीबाट तीन मन्त्रीले सपथ लिएका छन् । सहमति अनुसार काग्रेसले १३ र माओवादीका भागमा ८ मन्त्रालय परेका छन् । काँग्रेसभित्र रामचन्दै पौडेले समूह सभापति देउवाको कार्यशैलीप्रति असन्तुष्ट छ ।

 

तपाईंको बिचार