Monday, December 18, 2017

महरलाई जिताउन देउवाको निर्देशन

प्रकाशित मिति: 2016/08/09

साउन २५, काठमाडौ । काठमाडौमा चलिरहेको नेपाल विद्यार्थी संघको ११औं महाधिवेशनमा संस्थापन पक्षबाट नैनसिंह महरलाई जिताउन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्देशन दिएका छन् ।

आइतबारदेखि सुरु भएको नेविसंघको महाधिवेशन प्रतिनिधि विवादका कारण बन्द सत्र सुरु हुन नसकेको बेला देउवाले महरलाई जिताउन यस्तो गोप्य निर्देशन दिएका हुन् ।

रामचन्द्र पौडेल पक्षबाट अध्यक्षमा मनोजमणि आचार्य उठ्ने पक्का भएको छ । अध्यक्षमा दावी गरेका आनन्द त्रिपाठी र दीपक भट्टराईलाई महामन्त्रीमा मिलाउने तयारी भइरहेको बुझिएको छ । त्यसैगरी पौडेल पक्षबाट महामन्त्रीमा उर्मिला थपलियाले दावी गरेकी छन् ।

कृष्ण सिटौला पक्षबाट अध्यक्षमा कुन्दनको नाम अघि सारिएको छ । कुन्दनलाई कांग्रेस नेता गगन थापा र प्रदीप पौडेलको पनि समर्थन रहेको बुझिएको छ । 

पटक पटक महाधिवेशनको मिति तोकिए पनि नेवीसंघको महाधिवेशन विगत ९वर्षदेखि हुन सकेको छैन । महाधिवेशनको उद्घाटन भइसकेको अवस्थामा प्रतिनिधि छनोट विवादका कारण यस पटक पनि महाधिवेशन नहुने सम्भावना समेत बढेको आंशका गरिएको छ । तर विद्यार्थी नेताहरु जसरी पनि यस पटक महाधिवेशन सम्पन्न गराउन नेतृत्वलाई दवाव दिदै नारावाजी गरी रहेका छन् ।

तपाईंको बिचार